नेपालगन्ज : सरोज पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले यतिबेला हलमा सुपर डुपर व्यापार गरिरहेको छ। प्रदर्शनको दिनदेखि अहिलेसम्म करिब ४० करोड बढी व्यापार गर्दै सर्वाधिक रेकर्ड कायम गरिसकेको छ।
यो फिल्म हेर्न जाने दर्शकहरुको भिड हलमा अहिले पनि उस्तै छ। सानासाना नानीबाबुदेखि बृद्ध बुवाआमालाई समेत फिल्म हलमा देख्न सकिन्छ। यसैबीच, नेपालगन्जको ‘नेपालगन्ज सेन्ट जेभियर्स’ स्कुलले पनि आफ्ना विद्यार्थीहरुलाई यो फिल्म देखाएको छ।
सेन्ट जेभियर्सका विद्यार्थीहरुले बिहीबार नेपालगन्जको सिनेरोयलमा ‘पूर्ण बहादुरको सारङ्गी’ हेरेका हुन्। विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर मनोरञ्जन प्रदान पनि गर्ने उद्देश्यले फिल्म हेराइएको स्कुल परिवारले जनाएको छ। फिल्म हेरेपछि विद्यार्थीहरुले राम्रो प्रतिक्रिया समेत दिएका थिए।
विजय बराल, प्रकाश सपूत,अन्जना बराइली लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ। सेभेन सिजको ब्यारमा फिल्म निर्माण गरिएको हो।