काठमाडौं : पछिल्लो समय संगीत क्षेत्रमा सम्भावना बोकेका सर्जक हुन् आयान न्यौपाने। विशेषगरी लोक गीत सृजना गर्न रुचि राख्ने उनी पछिल्लो केही वर्षयता निकै सक्रिय छन्। उनले यस् वर्ष मात्रै करिब आधा दर्जन गीत सृजना गरिसके। जुन गीतहरु बजारमा सार्वजनिक समेत भइसकेका छन्।
यो पालिको तीजमा मात्रै उनले सृजना गरेका दुई गीतहरू बजारमा सार्वजनिक भए। ‘घुमाउँछु चार दिन’ र ‘लाहुरे भेना’ आयानले यो वर्ष तीजको लागि सृजना गरेका दुई गीतहरू हुन्। दुबै गीतमा आयानले शब्द र संगीत सृजना गरेका छन्।
‘घुमाउँछु चार दिन’मा सुनिता बुढा र बिज्ञान न्यौपानेको स्वर रहेको छ। गीत नाच्ने खालको छ। गीतले हालसम्म युट्युवमा २ लाख बढी भ्युज छ। भिडियोमा अर्जुन सापकोटा, गीत ढुंगाना, बिपासा चदारा र काजिश श्रेष्ठ फिचर्ड छन्। भिडियोलाई काजिश श्रेष्ठले नै निर्देशन गरेका हुन्।
यता ‘लाहुरे भेना’मा भने पूर्णकला बिसी र तेजश रेग्मीको स्वर रहेको छ। यो गीत पनि डान्सिङ प्याटर्नमै आधारित छ। भिडियोमा भने शिशिर पौडेल, एलिना रायमाझी लगायतका कलाकारको अभिनय छ। भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका छन्। युट्युबमा गीतलाई ३ लाख ८० हजार बढी भ्युज मिलेको छ।
यि दुबै गीतलाई दर्शक/स्रोताले औषत रुचाए। आयानले भने दुबै गीतबाट राम्रो आश गरेका थिए। तर हेर्ने र सुन्ने जति दर्शक/स्रोताले दिएको प्रतिक्रियाले भने आफू सन्तुष्ट रहेको आयान बताउँछन्।