ज्ञानु संगम खड्का/नेपालगन्ज : गायन विधाको चर्चित नेपाली रियालीटी शो “नेपाल आइडल सिजन ३” बाट आफ्नो जादुमय स्वर मार्फत चर्चामा रहेकी गायिका हुन् रचना रिमाल।
आइडलको टप ८ बाट बाहिरिएकी उनी यतिबेला चर्चाको शिखरमा छिन् । विभिन्न गीतहरुमा आवाज दिँदै दर्शक स्रोताको मन जित्न सफल रचनाको पछिल्लो गीत “फोटो फिरिममा” अहिले सर्वाधिक चर्चामा छ। आधुनिक गीतहरुमा मात्रै सुनिने उनको आवाज लोक दोहोरी गीतमा कस्तो सूनिन्छ होला भन्ने कौतुहलता दर्शक स्रोतामा थियो।
यसैक्रमा, लोक दोहोरी गीतमा पनि रचनाको आवाज सुन्न चाहाने दर्शक स्रोताको कौतुहलता मेटिएको छ। किनभने रचनाले गाएको पहिलो लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ। “नरोउ नरोउ निरमाया” बोलको गीतमा रचना रिमाल र अहिलेका चर्चित गायक एवम् सर्जक खेम सेन्चुरीको सुमधुर आवाज रहेको छ।
गीतमा खेमको संगीत रहेको छ भने नेत्र अर्यालको शब्द रहेको छ। गीतमा रचनाको गायिकी एकदम उत्कृष्ट छ। लोक दोहोरी गीत पनि गाउन सक्ने प्रमाणित रचनाले यसैगीतबाट गरेकी छिन् । रचनाको उक्त लोक दोहोरी गीत पहिलो भएपनि उनको आवाह परिपक्क आभास हुने गर्छ।
गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक बनेको छ। भिडियोमा ओबी रायमाझी, सुमि पुरी, मन्जु पुरी र सालिक भण्डारीको अभिनय रहेको छ। भिडियोलाई क्रान्ती केसीले निर्देशन अनि सम्पादन गरेका छन् भने अजय रेग्मी भिडियो खिचेका हुन् ।
भिडियो ओबी रायमाझीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..