नेपालगन्ज : करिब वर्ष पहिले रिलिज भई लोकप्रिय बनेको मौलिक गीत ‘आमाको माया’को फिमेल भर्सन बजारमा आएको छ। मौलिक ठाडी भाका मिश्रित उक्त गीतको फिमेल भर्सन गायिका रेखा जोशीको आवाजमा बजारमा आएको हो।
लोकप्रिय गायक तथा सर्जक टंक तिमल्सिनाको संगीत अनि आवाजमा रहेको मेल भर्सनको अत्याधिक लोकप्रियता पछि निर्माण टिमले फिमेल भर्सन बजारमा ल्याएको हो। गाउँ छोडेर बजार पढ्न गएका अथवा परदेशीएका सन्तानहरुलाई आफुलाई जन्मदिने आमा अनि हुर्केको ठाउँको कत्तिको याद आउँछ त, भन्ने भावलाई गीतमा मर्मस्पर्शी शैलीमा उतारिएको छ । गीतका शब्द सुशील बोहराले लेखेका हुन् ।
साँच्चै गीतमा समाबेश संगीत,शब्द अनि आवाजले सुन्ने जोकोहीको मन भावुक हुने गर्छ। उसो त टंकले आफ्ना प्राय गीतहरुमा आफ्नो भाषा अनि ठाउँलाई समेट्ने गर्छन् । यो गीतमा पनि आफ्नो मौलिकतालाई छोडेका छैनन् । गीत एकदम मेलोडिय अनि लोक प्याटरनमा आधारित छ।
टंक तिमिल्सिनाकै अफिसियल युटुव च्यानलबाट रिलिज गरिएको फिमेल भर्सनको भिडियोमा रेखा र स्वयं टंक फिचर्ड छन् । राम कुमार केसीले खिचेका भिडियोलाई टेकेन्द्र शाहले सम्पादन अनि निर्देशन गरेका हुन् । हेर्नुस् भिडियो..