बाग्लुङ्गे गायक प्रकाश कंडेलको तीज गीत “चलबुले बैँस” रिलिज (भिडियो)

नेपालगन्ज : विगत लामो समयदेखि जापानमा रही गीत संगीतलाई निरन्तरता दिएका बाग्लुङ्गे गायक प्रकाश कंडेलको नयाँ तीज गीत रिलिज भएको छ।

सार्वजनिक “चुलबुले बैँस” बोलको गीतमा प्रकाश कंडेल र शिवा केसीले आवाह दिएका छन् । गीतमा अर्जुन सुवेदीको शब्द रहेको छ। त्यस्तै गीतमा सुरज पुनको लय रहेको छ। गीत सुन्द नाँचौ नाँचौ खाले छ। गीतको अडियो दमदार छ।

भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा महेन्द्र गौतम, रविना भण्डारी र अनिता बस्नेतको धमाकेदार डान्स देख्न सकिन्छ। भिडियोका निर्देशक शंकर विसी हुन् ।

भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्तिमगरले सम्पादन गरेका हुन् । भिडियो सर्जक केशव सापकोटाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..

प्रतिक्रिया

TOP