नेपालगन्ज : गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले यतिबेला दर्शकको राम्रो साथ पाउँदै राम्रो व्यापार समेत गरिरहेको छ। नेपालगन्जको कुरा गर्नुपर्दा फिल्मले बुधबारसम्म २५ लाखबढीको व्यापार गरेको निर्माण टिमले जनाएको छ।
फिल्मले नेपालगन्जको सिनेरोयल र क्युएफएक्स बागेश्वरीमा गरी बुधबारसम्म २५ लाखबढीको व्यापार गरेको फिल्मका निर्देशक चन्द्र पन्ते बताए। फिल्मको टिमले बुधबार नेपालगन्जका दर्शकहरुसँग भेटघाटसमेत गरेको थियो। फिल्मका कलाकार हेर्न हजारौं दर्शकहरु सिनेरोयलमा उत्रिएका थिए।
नेपालगन्जका हलहरुमा बुधबार उर्लिएको दर्शकहरुको माहोल हेर्दा नेपालगन्ज पनि फिल्मीहब बनिसकेको भान हुन्थ्यो। नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिहर अधिकारीको कथा रहेको छ।
फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना अधिकारी, प्रदीप राउत, ब्रम्मानन्दम, विपना थापा, सुनिल वर्मा, मोहमद वली, कविर दुहान, रेखा थापा, सरोज खनाल, संचिता लुइँटेल, किरण केसी, रविन्द्र झा, वुद्दि तामाङ, निर्मल शर्मा लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ।
फिल्मले राम्रो व्यापारसँगै दर्शकको उत्साहजनक साथ पाएपछि भारतबाट यस् फिल्मका कलाकार प्रदीप रावत नेपाल आएका थिए। उनले काठमाडौंका केही हल भिजिट गरेर बुधबार नेपालगन्जका दर्शकसँग भेटघाट गरेका थिए। उनी नेपालगन्जबाटै बुधबार बेलुका भारत फर्किएका हुन्।