काठमाडौं : आज शुक्रबारदेखि दुई नयाँ फिल्म रिलिज भएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’ एकसाथ प्रदर्शनमा आएका हुन्।
यि दुबै फिल्मलाई हलमा ठिकठिकै शो दिइएको छ। उसो त ‘गाउँ आएको बाटो’ शो हिसाबले अगाडि छ। दुबै फिल्म फरकफरक जनरामा निर्माण भएका फिल्म हुन्। दर्शकले बेग्लाबेग्लै स्वाद लिन सक्छन्।
गाउँको कथामा ‘गाउँ आएको बाटो’मा रहेको छ। फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। बुधबार यो फिल्मको राजधानीमा भव्य प्रिमियर समेर भएको थियो।
त्यस्तै एक यात्राको प्रेम कथामा आधारित फिल्म हो ‘लण्डन टू पेरिस’। फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्माको मुख्य अभिनय रहेको छ। यसै फिल्मबाट निश्चल र गरिमाले डेव्यू समेत गरेका छन्। पहिलो फिल्म भएकोले यि दुबै निकै उत्साहित छन्।
त्यसो त, गत जेठ १० गतेदेखि प्रदर्शनमा आएका ‘पुजार सार्की’ र ‘फर्की फर्की’ पनि यतिबेला हलमा प्रदर्शनरत छन्। तेस्रो हप्तासम्म आइपुग्दा पनि हलमा यि फिल्मलाई दर्शकले माया गरिरहेका छन्। यि दुई फिल्मले हलमा शो संख्या होल्ड गर्दा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’लाई शो’मा असर पक्कै गरेको देखिन्छ।