काठमाडौं : यतिबेला अभिनेता पल शाह जापानमा छन्। आफ्नो अभिनय रहेको फिल्म ‘पुजार सार्की’को विशेष शोको लागि पल शुक्रबार जापानको टोकियो पुगेका हुन्। आइतबार जापान स्थित टोकियोको नाकानो जेरो हलमा ‘पुजार सार्की’को विशेष शो रहेको थियो।
फिल्म हेर्न जाने दर्शकहरुको भिड हलमा बाक्लो थियो। पललाई स्कर्टिङ गरेर हलसम्म पुर्याइएको थियो। पल पुग्दा दर्शकहरूको एकै स्वरमा हुटिङ आएको थियो। फिल्म हेर्न १५ सय बढी दर्शकहरु हलमा उपस्थित थिए।
भिडमा पललाई हम्मेहम्मे नै परेको थियो। हजारौं दर्शकको माया पाउँदा पल पनि मख्ख नै थिए। यता नेपालमा फिल्मले राम्रो व्यापार गरिरहँदा उता जापानमा पनि हाउसफुल व्यापार गरिरहेको छ।
फिल्मले राम्रो समिक्षा पनि पाइरहेको छ। उसो त बालबालिकादेखि वृद्धसम्मका दर्शकहरुको माया फिल्मले पाइरहेको छ। यता फिल्म टिम पनि हलमा दर्शकहरु भेट्न हिडिरहेको छ। जापानमा पल पुग्दा यता नेपालमा भने आर्यन सिग्देल, प्रदीप खड्का, अन्जना बराइली, परीक्षा लिम्बू लगायतका कलाकारहरु हल भिजिटमा निस्किरहेका छन्