नेपालगन्ज : आजबाट प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले यतिबेला देशभर हाउसफुल व्यापार गरिरहेको छ। विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।
प्रदर्शनको पहिलो दिनमै अधिकांस शोजहरु हाउसफुल भएका छन्। राजधानीसँगै बाहिर मोफसलका हलहरु पनि दर्शकले भरिएका छन्। दर्शकहरु समूह-समुहमा ‘पुजार सार्की’ हेर्न हलमा गईरहेका छन्। यसैबीच, नेपालगन्जको सुबि एजुकेसन एण्ड भिजा सर्भिसको टिमले पनि ‘पुजार सार्की’ हेरेको छ।
बिहीबार बिहान नेपालगन्जको क्युएफएक्स बागेश्वरीमा सुबि एजुकेसनका ५९ जना विद्यार्थीहरु र प्रशिक्षकहरुले ११ बजेको शो हेरेका हुन्। विद्यार्थीहरुलाई कहिलेकाहीँ मनोरञ्जन पनि प्रदान गर्नुपर्छ भन्ने सोचले फिल्म हेराएको सुबिका प्रबन्धक विनोज बास्तोलाले बताए।
विशेषगरी सधैझैँ भाषा कक्षा पढिरहँदा विद्यार्थीहरुलाई झ्याउ लाग्न सक्नेभएकोले दिमागलाई बोझरहित बनाउनको लागि फिल्म राम्रो माध्यम बनेकोले टिमले फिल्म हेराएको सुबिका कोर्डिनेटर एवम् इन्स्टक्टर संजय वरालको भनाइ छ।
फिल्म हेरिसकेपछि राम्रो लागेको विद्यार्थीहरुको प्रतिक्रिया थियो। जातीय भेदभाव विरुद्धको कुरालाई फिल्ममा उत्कृष्ट तरिकाले देखाइएको विद्यार्थीहरुले बताए। आफू अध्ययनरत कन्सल्टेन्सीले फिल्म देखाउँदा विद्यार्थीहरु निकै खुशी देखिएका थिए।
यसरी विद्यार्थीहरुको समूह लिएर फिल्म हेर्न जाने कन्सल्टेन्सीमा सुबि पहिलो नै होला। यो भन्दा अघि यसरी जम्बो टिमसहित विद्यार्थी लिएर फिल्म हेर्न गएका कन्सल्टेन्सीहरु नेपालगन्जमा कुनै पनि थिएनन् । यो मामिलामा सुबिले नयाँ सुरुवात गरेको छ।
दिनेश राउतको निर्देशन रहेको ‘पुजार सार्की’ रुचाउने दर्शकहरु बढिरहेका छन्। फिल्मलाई राम्रो प्रतिक्रिया पनि मिलिरहेको छ।फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। किङ्डम नेटवर्कको व्यानरमा निर्माण भएको फिल्मका निर्माता सुवास भुसाल हुन् । जातीय विभेद विरुद्धको कथा रहेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बूको मुख्य भुमिका रहेको छ।
त्यसो त, मोहन निरौला, प्रेम सुब्बा, लोकेन्द्र लेखक, सुवास गजुरेल लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ।भने अन्तर्राष्ट्रिय रुपमा चाहिँ एमएमएस इन्टरटेन्मेन्टले वितरण गर्नेछ। फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइनर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन हुन्।
फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्। सम्पादन भने भरत रेग्मीले गरेका हुन्। सुप्रीम पराजुलीले फिल्मको रंग संयोजन गरेका छन्।