काठमाडौं : शंकर कोइरालाको डेव्यू निर्देशन रहेको फिल्म ‘मोदीबेनी’को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार ‘मोदीबेनी’ टिमले आगामी श्रावण १८ गतेलाई प्रदर्शन मिति तय गरेको हो।
फिल्ममा अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भूमिका रहेको छ। अमरले यसै फिल्मबाट डेव्यू गर्दैछन्। वर्षासँग अमरले फिल्ममा जोडी बाँधेका छन्। फिल्ममा पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा रहेको निर्माण टिमले जनाएको छ।
डिनेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा वर्षा र अमरका अलावा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, कमलमणि नेपाल, दिलीप केसी, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको कथा आनन्द विक्रम क्षेत्रीले लेखेको हुन्। फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुन्।
फिल्मका निर्माता दिलीप केसी हुन्। हरि श्रेष्ठ फिल्मका सह-निर्माता हुन्। फिल्मलाई उत्सव दाहालले खिचेका हुन्। भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन फिल्ममा रहेको छ।