काठमाडौं : आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को दोस्रो गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट निर्माण टिमले रिलिज गरेको हो।
गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ। शब्द पनि गीतमा कुशलकै रहेको छ। गीतमा संगीत भने केपासको रहेको छ। गीतमा पैसाको बयान गरिएको छ।
यता भिडियोमा भने फिल्मकी नायिका नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ। उसो त फिल्मका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन्। उसो त रेयर राई, विनिता थापा मगर, महेस त्रिपाठी लगायतका कलाकारहरु पनि भिडियोमा रहेका छन्।
दिव्यदृश्य इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको ‘खजुरे ब्रो’लाई सुरज सुनुवारले निर्देशन गरेका हुन्। सुरजकै कथा फिल्ममा छ। फिल्ममा सुरज सुनुवार र नवीन मानन्धर निर्माताको रुपमा रहेका छन्।
फिल्ममा नीति शाह, रियर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुकार कार्की, प्रकाश भुजेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुन्।
नितिको यो डेव्यू फिल्म हो। पहिलो फिल्म भएकोले पनि नीति निकै उत्साहित छिन्। धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा फिल्म बनेको हो। फिल्ममा खजुरे ब्रोको भूमिका रेयर राईले निर्वाह गरेका छन्।