काठमाडौं : यतिबेला अभिनेत्री सुरक्षा पन्त बझाङमा छिन्। आफू बझाङमा रहेको कुरा उनले आफ्नो फेसबुक आकाउन्ट मार्फत पछिल्लो केही दिनयता जानकारी दिँदै आइरहेकी छिन्।
उनले दुईदिन अघि बझाङको चेपाङतिर रहेको भन्दै केही तस्वीरहरु समेत सार्वजनिक गरेकी थिइन्। तस्वीरमा उनी निकै सरल देखिएकी छिन्। एक आमासँग रमाउँदै गरेको तस्वीरमा देख्न सकिन्छ। सुरक्षाले लोकल केरा समेत समाएकी छिन्।
सुरक्षाले तस्वीर मात्र सार्वजनिक गरेकी छैनन्। उनले केही पाकिरहेको भनेर पनि लेखेकी छिन्। नयाँ कथामा काम भइरहेको कुरा उनको स्टाटसबाट अनुमान लगाउन सकिन्छ। तर नयाँ कथा चाहिँ म्युजिक भिडियोको होकि नयाँ फिल्मको हो ? त्यो चाहिँ खुलाएकी छैनन्।
उनको फेसबुक अकाउन्ट स्क्रोल गरेर हेर्ने हो भने मंगलबार साँझ पनि केही तस्वीरहरु सार्वजनिक गरेको देख्न सकिन्छ। उनी बझाङका बालिका र आमासँग देखिएकी छिन्। उनको यो सरलतालाई धेरैले रुचाएका पनि छन्। उसो त, सरल तरिकाले जिउनु सुरक्षाको विशेषता नै हो।