रचना, समीक्षा र एलिनाको तीज गीत युटुबको ट्रेन्डिङमा (भिडियो सहित)

हरितालिका तिजको शुभकामना सहित यतिबेला तीजका गीतहरु आउने क्रम जारी छ। यसै क्रममा पछिल्लो समयमा युवा पुस्तामा निकै नै भाईरल बनेकी गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको स्वरमा “आयौँ चेली माइती सम्झेर” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै निकी नै भाईरल भएको छ  । यतिबेला सो गित युटुब ट्रेडिङ  भित्र छिरेको छ । यो न्युज तयार पार्दा सम्म गित ३ लाख ५० हजार  भन्दा बढीको नजरमा पुगिसकेको छ ।

घनश्याम ओली शब्द सृजना तथा दिपक शर्माको संगीत गरेका हुन् भने कृष्ण विकको एरेन्ज रहेको छ । श्यामश्वेत रसाइलीले मिक्सिङ गरेको म्युजिक भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् । सम्पादन अमन मानन्धरले गरेका हुन् । म्युजिक भिडियो गजब टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुस् भिडियो..

प्रतिक्रिया

TOP