फिल्म ‘जन्ते बाख्रो’: अडिसन मार्फत मुख्य कलाकार छनोट गर्दै निर्माण टिम

काठमाडौं : सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘जन्ते बाख्रो’को लागि कलाकार अडिसन आह्वान गरिएको छ। मंगलबार एक सुचना जारी गर्दै निर्माण टिमले मुख्य कलाकारहरुको लागि अडिसन खुल्ला गरेको जानकारी दिएको हो।

‘जन्ते बाख्रो’को लागि मुख्य भुमिकामा २४ देखि ३० वर्षसम्मकी एकजना महिला कलाकार र दोस्रो मुख्य भुमिकामा २८ देखि ३५ वर्षसम्मको पुरुष कलाकारको खोजिएको छ। जसको लागि अनलाइन मार्फत फाराम भरेर इच्छुक कलाकारले अडिसनमा सहभागीता जनाउन सक्नेछन्।

उसो त, फिल्मको लागि अन्य केही सपोर्टिङ कलाकारहरुको पनि आवश्यक परेको निर्माण टिमले जनाएको छ। प्रतिभा भएर पनि अवसर नपाएका कलाकारहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले अडिसन मार्फत कलाकार छनोट गर्न लागिएको निर्माण टिमको भनाइ छ। अडिसनको लागि वेबसाईट https://audition.muinentertainment.com मार्फत फाराम भर्न सकिनेछ।

यस् अघि अभिनेता सौगात मल्ल फिल्ममा अनुबन्धित भइसकेका छन्। निर्माण टिमका अनुसार अन्य कलाकारहरु अडिसन मार्फत छनोट गरिएलगत्तै फिल्मको छायांकन आरम्भ गरिनेछ।

केही दिन अघि मात्रै फिल्मको फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो। रिलिज गरिएको पोस्टरमा खसीलाई चस्मा लगाएको अवस्थामा देख्न सकिन्छ। त्यसो त, चर्को घाममा छाता ओढेको अवस्थामा छ खसी। पोस्टरले एक खालको कतुहलता पैदा गरेको छ। नौलो र आकर्षक लाग्ने पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्।

यतिबेला फर्स्टलुक पोस्टरको चर्चा भइरहेको छ। आकर्षक एवम् पृथक खालको थिम बोकेको पोस्टर भन्दै धेरैले प्रतिक्रिया दिइरहेका छन्। मुईन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा प्रदीप भारद्वाजको कथा रहनेछ। फिल्ममा सन्तोष गौतम निर्माताको रुपमा रहेको छ।

प्रतिक्रिया

TOP