‘फर्की फर्की’को शिर्ष गीत : रोमान्टिक मुडमा अनमोल र जसिता

काठमाडौं : सुयोग गुरुङ निर्देशित फिल्म ‘फर्की फर्की’को शिर्ष गीत रिलिज गरिएको छ। शनिबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट शिर्ष गीत रिलिज गरिएको हो।

शिर्ष गीत डान्सिङ प्याटर्नमा आधारित छ। रोमन बज्राचार्य र निखिता थापाको स्वर गीतमा रहेको छ। गीतमा रोमनकै शब्द र संगीत छ। गीतको अडियो पृथक लाग्छ।

यता भिडियोमा भने फिल्मका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन्। अनमोल र जसितालाई रोमान्टिक अवतारमा भिडियोमा देख्न सकिन्छ। डान्ससँगै अनमोल र जसिताको रोमान्स भिडियोमा छ। आकर्षक लोकेसनमा आकर्षक तरिकाले खिचिएको छ भिडियो। किरण थापाले भिडियोको कोरियोग्राफी गरेका हुन्।

ट्रेलर रिलिज भएको छ। काठमाडौंको सिटिसेन्टर स्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो।

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको ‘फर्की फर्की’मा सुयोग गुरुङकै कथा रहेको छ। रोहित अधिकारी यो फिल्मका निर्माता हुन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

काफिया फिल्म्स र कुबेर फिल्म्सले ‘फर्की फर्की’लाई वितरण गर्दैछन्। फिल्मलाई लिएर विशेषगरी अनमोल निकै आशावादी रहेका छन्। उसो त, अनमोलका शुभचिन्तकहरु फिल्मको पर्खाइमा छन्।

प्रतिक्रिया

TOP