कलाकार आशा खड्का ‘सुकुमाया’ले गरिन् सागर गौतमसँग विवाह

काठमाडौं : लोकप्रिय कलाकार आशा खड्का ‘सुकुमाया’ वैवाहिक जीवनमा बाँधिएकी छिन् । बुधबार सामाजिक संजालमा आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् ।

उनले सागर गौतमसँग जीवनको नयाँ अध्याय सुरु गरेकी हुन् । सागर पेसाले छायाँकार हुन् । विगत केही वर्षयता आशा र सागरले संगै सिरियलमा काम गर्दै आएका थिए।

आशाकै निर्देशन र निर्माणमा बनेका ‘भुन्टी’ र ‘कान्छी” सिरियल दर्शकमाझ निकै लोकप्रिय छन् ।

प्रतिक्रिया

TOP