‘महापुरुष’मा वर्कसप गरेर निस्किएको क्यारेक्टर छ : हरिवंश आचार्य

काठमाडौं : नेपाली कलाकारितामा उच्च नाम बनाएका हुन् हरिवंश आचार्य। विगत लामो समयदेखि कलाकारितामा सक्रिय हरिवंशले जस्तो पायो त्यस्तै चलचित्रमा काम गर्दैनन् ।

राम्रो चलचित्र मात्र छानेर काम गर्न रुचाउने हरिवंश अभिनित नयाँ चलचित्र ‘महापुरुष’ आगामी कार्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण टिमले राजधानीमा मंगलबार पत्रकारसंग विशेष भेटघाट कार्यक्रम गरेको छ।

मोफसल टुर सम्पन्न गरेर प्रचारप्रसारमा थप मद्दत होस् भनेर गरिएको पत्रकार विशेष भेटघाटमा चलचित्रमा कलाकार संगै अधिकांश मिडियाको उपस्थित थियो।

कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार समेत रहेका हरिवंश आचार्यले ‘महापुरुष’को कथाले मन छोएपछि काम गर्न तयार भएको बताएका छन् ।

‘निर्माण टिमले विश्वास गरेर मलाई सुनाएको कथाले मनछोयो’, कार्यक्रम थप बोल्दै उनले भने, ‘कथा सुनेपछि क्यारेक्टर निर्वाह गर्न सक्छु कि नाइँ भन्ने लागेको थियो। अन्ततः वर्कसप गर्दा गर्दा कथाले मागेको क्यारेक्टर निस्कियो।’

आजसम्म कुनैपनि चलचित्रको वर्कसप नगरेको र ‘महापुरुष’मा पहिलोपटक वर्कसप गरेको हरिवंशले बताए। साथै, फरक गेटअपमा देखिन चाहेको चाह निर्माण टिमले पूरा गरिदिएको उनको भनाइ थियो।

त्यसो त, उक्त कार्यक्रममा चलचित्रका अन्य कलाकारहरुले पनि आ-आफ्नो भनाइ राखेका थिए।

सोसल ड्रामा भनिएको ‘महापुरुष’का निर्देशक एवम् लेखक प्रदीप भट्टराई हुन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अर्जुन छेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी अन्जनाको यो डेव्यु चलचित्र हो। यसै चलचित्रबाट अन्जनाको चलचित्र क्षेत्रमा यात्रा तय गर्दैछिन् । अन्जनालाई निर्माण टिमले अडिसनबाट छनोट गरेक थियो।

प्रतिक्रिया

TOP