कमेडिले भरिएको ‘दुई नम्बरी’को ट्रेलर रिलिज

काठमाडौं : रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै निर्माण टिमले मंगलबार ट्रेलर रिलिज गरेको हो।

रिलिज भएको २ मिनेट ४५ सेकेन्डको ट्रेलर कमेडिले भरिएको छ। ट्रेलर हेर्ने दर्शकलाई हासो उठ्छ। ‘ट्रेलर त गजबको छ, झन पुरै चलचित्र कस्तो होला ?’ भन्ने उत्सुकता ट्रेलर हेर्दा महशुस हुन्छ।

चलचित्र आगामी असोज २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ , सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शारदा गिरी, श्रेयस पौडेल, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, राजु थापा मगर, गणेश बस्याल लगायतका कलाकारकको अभिनय रहेको छ ।

ग्रामीण भेगमा हुर्किएका २ गाउँले साथीले कालिजको सिकार गर्दा जीवनमा आउने उतारचढावको कथालाई चलचित्रमा उठान गरिएको छ। चलचित्रका प्रस्तुतकर्तव किरण नेपाली हुन् ।

त्यस्तै, चलचित्रको निर्मातामा राजीव गुरुङ, अमलादेवी राई, जयश श्रेष्ठ र कार्यकारी निर्मातामा सरोज नेपाली तथा सह-निर्मातामा मिठु तामाङ्नी रहेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी, सुजन प्रजापतिको छायांकन अनि निमेष श्रेष्ठको सम्पादन रहेको छ। ट्रेलर…

प्रतिक्रिया

TOP