‘ऐना झ्यालको पुतली’: ओस्कार अवार्डको लागि नेपालबाट सिफारिस

काठमाडौं : प्रदर्शनरत चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डको लागि नेपालबाट सिफारिस भएको छ। आगामी वर्ष अमेरिकामा हुन् गईरहेको उक्त अवार्डमा ‘ऐना झ्यालको पुतली’लाई अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले छनोय गरेको हो।

अब हुने ओस्कार अवार्डको ९५ औं संस्करण हो। सोमबार बसेको छनोट समितिको बैठकले सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको जानकारी दिएको हो।

अवार्डको प्रतिस्पर्धामा सामेल हुनको लागि नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

आवेदन दिएका ३ चलचित्र मध्य प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई मुल्यांकन गरि ‘ऐना झ्यालको पुतली’लाई छनोट गरिएको बताइएको छ।

गत भाद्र २४ गतेबाट ‘ऐना झ्यालको पुतली’ प्रदर्शनमा आएको हो। हालपनि विभिन्न हलहरुमा चलचित्र चलिरहेको छ। चलचित्रलाई सुजित बिडारीले लेखन एवम् निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

TOP