फिल्म “महापुरुष” बन्ने, प्रदीप भट्टराईले निर्देशन गर्दै

काठमाडौं : पछिल्लो समय कोरोना कहर हट्दै गएपश्चात नयाँ नयाँ फिल्म निर्माण हुने क्रम बढ्दो छ। निर्माताहरुले नयाँ फिल्मको निर्माण घोषण गर्ने क्रम पनि कम छैन।

यसैबीच, नयाँ फिल्म “महापुरुष” निर्माण हुनेभएको छ। षट्कोण आर्ट्सको प्रस्तुतिमा फिल्म ´महापुरुष` निर्माण हुन लागेको हो।

प्रदिप भट्टराईको निर्देशन र लेखन रहने महापुरुष फिल्म दिपेश खत्रीले निर्माण गर्ने भएका छन्। फिल्मको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् । त्यस्तै, निर्मातामा भने दिपेश खत्री रहेको निर्माण टिमले जनाएको छ।

फिल्ममा कलाकार मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, हरिबंश आचार्य,अरुण श्रेष्ठ लगायतको अभिनय रहनेछ।

प्रतिक्रिया

TOP