“दुई मुटु”को साथमा आए सर्गम

कोरना कहरले नेपाली मनोरंजन क्षेत्र नराम्रो संग प्रभावित भएको छ। फिल्म , संगीतका कामहरु  ठप्प भैरहदा बिस्तारै यस क्षेत्र संग सम्बन्धित व्यक्तिहरु आफ्ना  सिर्जना सार्वजनिक गरिरहेका छन्।  

अमेरिकामा बसेर  “हरेक प्रतिभाको सम्मान र विकाश हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली गीत संगीतमा क्रियाशील बहमुखी प्रतिभाका धनी गीतकार तथा संगीतकार सर्गम राईले आफ्नो बिल्कुलै नयाँ अफ़िसिएल म्युजिक भिडियो “दुई मुटु” सार्वजनिक गरेका छन्।  

रोमाण्टिक भर्सनको यस गीतमा  तारा प्रकाश लिम्बु र अनु चौधरीको युगल स्वर रहेको छ।  गीतमा  शब्द , संगीत सर्गम राईको रहेको छ।  यस गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा अनिता गोले , अभि लामा र फलित राई फिचर्ड छन्। भिडियोलाई  सुर्य लामाले छायांकन  तथा सम्पादन गरेका हुन्।  युद्ध लामा सहायक निर्देशक रहेको भिडियोलाई अभि लामाको निर्देशनमा तयार पारिएको हो।  द आरजीटी फिल्म्सको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।

नेपाली कला, साहित्य र संगीतलाई मनैदेखि माया गर्ने सर्गम राईले यसअघि “सुस्तरी सुस्तरी” , “ए माया” , “शितल शितल” लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।  यस म्युजिक भिडियो मार्फत दर्शक , स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राईले राखेका छन्।

प्रतिक्रिया

TOP