काठमाडौं : चर्चित लोक गायिका चन्द्रमाया जुग्जालीले आफैले सृजना गरेको गीत “आमाको सम्झना” बाट एकल लोक गायनको जुरी अवार्ड हात पारेकी छिन् ।
करिब १ दर्जन जति गीतमा आफ्नो स्वर र संगीत भरीसकेकी जुग्गालीले तेस्रो स्टार अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०७८ हात पारेकी हुन् । गुल्मीमा जन्मिएकी गायिका जुग्जालीले थुप्रै समाजसेवाका कामहरु पनि गदैै आएकी छिन् । हाल ललितपुरको नखिपोटमा बस्दै आएकी चन्द्रमाया गाउँघरमा रोधीमा गाउँदै सिक्दै आएर अहिले यो सफलतासम्म पछाडि फर्कदा निकै गर्व लागेको बताउँछिन् ।
विशेषत मौलिक गीतमा आफ्नो कलम चलाउने चन्दमायाले थुप्रै चर्चित कलाकारहरु सँग आफ्ना सृजनामा सहकार्य गरिसेकी छिन् । मेहनत लामो समयदेखि गर्दै आएतापनि सफलता यो गीत मार्फत पाउँदा निकै खुशी ब्यक्त गर्दछिन् ।
नेपाली गीत संगीतका विशिष्ट ब्यक्तिहरुबाट अवार्ड हात पार्दा आफूले गरेको मेहनतको सफलता पाएको दिन छुट्टै खुशीको महशुस हुने पनि उनी बताउँछिन् । यो खुशीले धेरै उर्जा मिलेको र आगामी दिनहरुमा यो भन्दा अझैं राम्रा प्रस्तुति ल्याउने प्रयास गर्ने उनले बताईन् ।
फिल्मीपत्र
प्रतिक्रिया