उज्यालो अभियान मिडियाको प्रस्तुतिमा तिहार गीत “खेलौं देउसी भैलो” रिलिज

नेपालगन्ज : विगत लामो समयदेखि नेपालगन्जमा रहेर विभिन्न डकुमेन्ट्री, टेलिफिल्म, गीत संगीत एवम् सयौं म्युजिक उत्पादन गर्दै आइरहेको कम्पनी हो “उज्यालो अभियान मिडिया प्राली”।

गीत रेकर्डिङ देखि लिएर अडियो भिडियो निर्माण लगायतका कार्य गर्दै आइरहेको यस् कम्पनीले हालैमात्र तिहारलाई लक्षित गर्दै एउटा नयाँ गीत बजारमा रिलिज गरेको छ।

संस्कृति झल्किने “खेलौ देउसी भैलो” बोलको मौलिक तिहार गीत केही दिन अघि रिलिज गरिएको हो। गीतमा बिपिन खड्का, मधु क्षेत्री, सृजना देवकोटा, तारा रोकायको सुमधुर आवाज रहेको छ। गीतमा खर्क बुढाको संगीत रहेको छ भने बिपिनले नै शब्द लेखेका छन् ।

गीतको अरेन्ज आकाश मगरले गरेका हुन् । सुन्दा मौलिक सुनिने गीत उत्कृष्ट छ। गीतको अडियोले सुन्ने जोकोहीको ध्यान केन्द्रित पार्ने गर्छ।

त्यसो त, गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा यसै गीतका गायक गायिका लगायतका कलाकारहरु देखिएका छन् । नेपालगन्जमै खिचिएको भिडियोका सिनेम्याटोग्राफर निर्मल बुढा, खगेन्द्र सिंह ठकुरी र राजन क्षेत्री हुन् ।भने, भिडियोलाई बिपिन खड्काले सम्पादन एवम् निर्देशन बिपिन खड्काले गरेका छन् ।

त्यसो त, बिपिन उज्यालो अभियान मिडिया प्रालिका संचालक पनि हुन् । मोफसलमै बसेर अडियो भिडियो लगायतका काम गर्दै आइरहेका उनले संस्कृति जोगाउन केही टेवा पुगोस् भनेर देउसी भैलो गीत बजारमा ल्याएको बिपिनले बताए।

भिडियो उज्यालो अनलाइन टिभीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..

https://youtu.be/AooLaXWyZr8

प्रतिक्रिया

TOP