गीत संगीतमा सज्जनको निरन्तरता : ल्याए “नाँचौ माया” बजारमा (भिडियो)

काठमाडौं : तीजको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज विशेष गीतहरू रिलिज हुनेक्रम निकै बढ्दो छ। कतिपयले रहरको लागि तीज गीत ल्याइरहेका छन् भने कतिपयले गीत संगीतमा निरन्तरताको लागि । अझ भनौं दर्शक स्रोताको मनोरञ्जनका निम्ति ।

यस्तै गीत संगीतमा निरन्तरता अनि दर्शक स्रोतालाई मनोरञ्जन दिने अभिप्रायले गायक सज्जन धामीले पनि नयाँ तीज विशेष गीत बजारमा ल्याएका छन् । सज्ज्नले “नाँच माया” बोलको तीज गीत केही दिन अघि “हाम्रो कृयटिभ कृयशन” नामक युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

गीतमा सज्जनको सुमधुर आवाज सुन्न सकिन्छ। सज्जनका अलवा गीता बोहराले पनि गीतमा आवाज दिएकी छन् । गीतको शब्द तिलचन आचार्यले तयार पारेका हुन् ।भने, संगीत दिने काम सज्जन स्वयंले नै गरेका हुन् । गीतको अडियो ठिकै छ। सुन्नेलाई मनपर्ने अडियो बनेको छ।

त्यसो त, भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा लोकप्रिय डान्सर रुबिना अधिकारीको आकर्षक डान्स देख्न सकिन्छ। गोपाअ रावल र लक्ष्मी केसीले पनि भिडियोमा डान्स प्रस्तुत गरेका छन् । दिनेश ठकुल्लाले निर्देशन गरेको भिडियोका कोरियोग्राफर सुशान राई हुन् ।

त्यस्तै, नरेश अयेरले आकर्षक फ्रेममा खिचेको भिडियोलाई रोशन धितालले सम्पादन एवं करल ग्रेडिङ गरेका हुन् । गीतको अडियो भिडियो दुबैलाई दर्शक स्रोताले युट्युबमा राम्रै प्रतिक्रिया दिएका छन् । व्यवसायिकता भन्दा पनि आत्मसन्तुष्टिका लागि यो गीत बजारमा ल्याएको यस् गीतका गायक एवम् सर्जक सज्जन धामी बताउँछन् । हेर्नुस् भिडियो..

प्रतिक्रिया

TOP