चर्चित गायक पशुपति शर्माले गरे गृह जिल्लामा आर्थिक सहयोग

यतिबेला कोरोना महामारी केही रुपमा भएपनी नियन्त्रणमा आएको महसुस गर्न सकिन्छ । दैनिक संक्रमीत संगै मृत्युदर घट्दा यसको अनुमान लगाउन सकिन्छ । यसअर्थमा हामी सचेत भने रहनै पर्ने अवस्था छ किनकी सरकारले परिक्षण दर पनी घटाउदै लगिरहेको छ । यसैबीचमा धेरै नेपालीहरु समस्यामा परे । बजार पसल महिनौ ठप्प हुदा र रोजगारी गुम्दा २ छाक टार्न धौ धौ परेको अवस्था छ । यता कलाकारहरू पनि अवस्था यस्तो बिकराल भएपछि सहयोगमा जुटिरहेका छन् ।

हालै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले पनि आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो गृह जिल्लामा कोरोना महामारीका कारण अप्ठ्यारोमा परेकाहरुलाई ३० हजार नगद रकम सहयोग गरेका हुन् । ‘विपदमा हामी संगसंगै’ नारा सहित सुरुभएको स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितीको आपतकालीन राहत कोषमा उनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग पश्चात् उनले सामाजिक संजालमा यस्तो लेखेका छन्: “बिश्व भरि छरिएर रहनु भएका स्याङ्गजाली दाजू भाई तथा दिदि बहिनि हरुको साझाॅ संस्था यस स्याङ्गजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले बिश्वव्यापी रुपमा फैलियको कोरोना भाइरस का कारण अप्ठेरो स्थितिमा पर्नु भएका जिल्लावाशीका निमित्त सहयोगको हेतुले चलाउनु भएको यस पुण्य कार्यमा म आँफु पनि सहभागी हुन पाउँदा खुशी लागेको छ र मलाई कलाकार को रुमपा स्थापित गराउन यहाँ हरुले दिनु भएको माया लाई सम्झिदै पनि थोरै भए पनि हातेमालो गरेको छु र सबै सबैलाई आफ्नो राष्ट्र अनि जन्म स्थानका लागि जुटी दिनु हुन अनुरोध गर्दछु !”

प्रतिक्रिया

TOP