दोहोरी च्याम्पियनबाट चम्किएका रिता र सबिनको पहिलो गीत “माया गरम्ला” रिलिज

काठमाडौं : लोक दोहोरी क्षेत्रको ठूलो रियालीटी शो “दोहोरी च्याम्पियन”बाट एकाएक यत्रतत्र सर्वत्र चर्चा कमाएका कलाकार हुन् रिता रावत र सबिन आचार्य । अब्बल दोहोरी गाउन सक्ने सुमधुर आवाज भएका उनीहरूले दोहोरी च्याम्पियनमा अब्बल दोहोरी प्रस्तुत गरेका थिए।

च्याम्पियनमै हुँदा एक खालको चर्चा कमाएका उनीहरूले बाहिर अन्तर्वार्ता दिएपछि झन दर्शक स्रोताको माया पाउनुका साथै विशेष चर्चा पनि पाए। लालिगुँराश डटकमको युटुब च्यानलमा दिएको अन्तर्वार्ता पछि उनीहरूको थप चर्चा यत्रतत्र सर्वत्र हुन थाल्यो।

दाङमा जन्मिएकी रितालाई त देश बिदेशबाट सहयोग पनि आउन थाल्यो। रिताको गायिकी संगै व्यक्तित्वको पनि प्रशंसा हुन थाल्यो। सुमधुर आवाजका धनी रिता र सबिनको आवाजमा गीत बजारमा आएको चाहाने लाखौं शुभचिन्तक बढ्न थाले। यसैबीच, चर्चाकै माहोलमा हाल उनीहरूको पहिलो गीत यतिबेला बजारमा रिलिज भएको छ।

मंगलबार रिलिज “माया गरम्ला” बोलको गीतमा रिता र सबिनको सुमधुर आवाज रहेको छ। गीतमा पत्रकार कमल सरगमको शब्द अनि गोबिन्द पंगेनीको संगीत रहेको छ। गीतको शब्दहरु निकै मनछुने छन् । एउटा मायालु प्रेमिल जोडी एवम् दम्पतीको प्रेमिल कथालाई कमलले गीतमा उतारेका छन् । त्यस्तै, गीतको शब्द अनुसार गोबिन्दले संगीत पनि मेलोडियस बनाएका छन् । गीत सुन्दा निकै आनन्द आउने खालको छ। गीतमा थेगो चाहिँ गोबिन्दकै रहेको छ।

अमेरिका र जापानबाट आएको सहयोग रकमले निर्माण गरिएको उक्त गीतको व्यवस्थापन कमल सरगमले नै गरेका हुन् । लकडाउनको यस्तो विषम परिस्थितिमा गीतको भाव अनुसार भिडियो बनाउन नसकेपनि निर्माण टिमले आकर्षक भिडियो चाहिँ बनाएको छ।

भिडियोमा गायक गायिकाद्वय रिता रावत, सबिन आचार्य , कमल सरगम, बिनोद बम, सिराज गौतम र अपेक्षा पौडेल फिचर्ड छन् । भिडियोका निर्देशक काजिश श्रेष्ठ हुन् ।

सुरेश श्रेष्ठ र रितेश थापाले आकर्षक फ्रेममा खिचेको भिडियोलाई भने बिनोद बमले नै सम्पादन गरेका हुन् । गीत कमल सरगमको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस भिडियो…

प्रतिक्रिया

TOP