तिमीले त्यो समाचार सुन्याै सुनेनौ…!

तिमीले त्यो समाचार सुन्याै सुनेनाै
थियो पूरा निराधार ! सुन्याै सुनेनाै

बालबिवाहकाे कुरा छुवाछूत भन्दै
झुक्याईएछ बेकार ! सुन्याै सुनेनाै

दलितजति एक बाहुन क्षेत्री एक
भन्नेहरु हाेसियार ! सुन्याै सुनेनाै

न्याय देउ ए सरकार पिडित छुट्याई
बन्न सिक जिम्मेवार ! सुन्याै सुनेनाै

सद्भावमा बाँच्दछ मेरो प्यारो देश
टुक्रिदैन खबरदार ! सुन्याै सुनेनाै

भुपेन्द्र ‘विपिन’ बि.सी.
काेहलपुर-२, बाँके

प्रतिक्रिया

TOP