रोशन सुवेदीको आवाजमा “झुम्के बुलाकी” रिलिज (भिडियो)

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो फरक पहिचानका निमित्त अनवरत रुपमा लागिपरेका गायक हुन् रोशन सुवेदी । लोकपप गीत गाउन रुचाउने रोशन संख्यात्मक भन्दापनि गुणात्मकमा विशेष ध्यान दिनेगर्छन।

हालसम्म ३ दर्जन बढी गीतमा आवाज दिइसकेका उनको एउटा नयाँ गीत बजारमा रिलिज भएको छ। बिहीबार टंक बुढाथोकीको युटुब च्यानलबाट रिलिज भएको “झुम्के बुलाकी” बोलको गीतमा रोशनकै मेलोडियस आवाज रहेको छ। गीतमा डिपी खनालले उत्कृष्ट शब्द कोरेका छन् ।भने, विश्व अधिकारीको अरेन्ज एवम् संगीत गीतमा सुन्न सकिन्छ ।

डान्सिङ प्याटर्नमा आधारित उक्त गीतको अडियो एकदमै दमदार छ। लभ फ्लेभरको गीत एकदमै मेलोडियस छ। सुन्ने जोकोहीको मन गीतले जित्ने गर्छ। गीतका रोशनको गायिकी मीठो सुनिएको छ।

गीतको अडियो जति दमदार छ,भिडियो झन आकर्षक बनेको छ। भिडियोमा एलिन मगर र दीक्षा राई फिचर्ड छन् । दीक्षा र एलिनको आकर्षक नृत्य भिडियोमा देख्न सकिन्छ।

भिडियोलाई एकान्त मगरले निर्देशन गरेका हुन् ।रबिन थापाले आकर्षक फ्रेममा खिचेको भिडियोलाई एलिन स्वयंले नै सम्पादन गरेका छन् । हेर्नुस भिडियो..

प्रतिक्रिया

TOP