बर्दियाली मोडल नयन सिङको नयाँ म्युजिक भिडियो ‘तिमी मै रहु’ रिलिज (भिडियो)

नेपालगन्ज : नेपाली म्युजिक फिल्डमा विगत केही वर्षयता निरन्तर क्रियाशिल बर्दियाली मोडल तथा कलाकार नयन सिङ अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ।

रिलिज भएको ‘तिमी मै रहु’ बोलको म्युजिक भिडियोमा नयन र अनु प्रधान फिचर्ड छन् । गीतमा विशाल निरौला र अस्मिता अधिकारीको सुमधुर आवाज रहेको छ। त्यस्तै, दिपेन्द्र शाहले गीतमा संगीत दिएका छन् भने सुनिल शाहको शब्द रहेको छ।

गीतको भाव अनुसार बनेको भिडियोमा उनीहरूको केमिस्ट्री गज्जब देखिएको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । नरेश एयरले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् । भिडियो सम्पादन भने मिलन बिश्वकर्माले गरेका हुन् ।

भिडियो विशाल निरौलाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..

प्रतिक्रिया

TOP