नेपाली साङ्गीतीक क्षेत्रका बहुप्रतिभाशाली गायक हुन् प्रमोद खरेल । धेरै नै आधुनिक गीतहरु गाएर चर्चामा आएका प्रमोदले हालसम्म हजार बढी गीतहरु रेकर्ड गराइसकेका छन् । उनका गीतहरु पछिल्लो समयका युवापुस्ताले निकै रुचाउने गर्छन् ।
‘द भोइस अफ नेपाल’ का निर्णायक समेत रहेका प्रमोदका धेरै फ्यानहरु छन् । उनले गीतहरु गाउने मात्र नभई कविता लेख्न पनि रुची राख्ने गर्छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहने प्रमोदले बुधबार फेसबुकमा आफ्नो कविता शेयर गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एक तस्बिर शेयर गर्दै कविता शेयर गरेका छन् । उनले कवितामा आफु बन्द कोठा भित्र थुनिएको बताएका छन् ।
यस्तो छ उनको कविता – म बन्द कोठा भित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…
पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ
कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहॉ
म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…