नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सलिनमान बनियाँ । चलचित्र ‘ए मेरो हजुर २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका सलिनमानले पहिलो चलचित्रमै दर्शकको माया पाए ।
छोटो समयमा नै चलचित्रमा जमेका सलिनमान यात्रा चलचित्र पनि धेरैले रुचाए । सलिनमानको अर्को रोचक कुरा, उनी कही बर्षदेखी प्रेममा छन् । केही समयअघि पनि उनले प्रेमिकासँगको तस्बिर फ्यानसँग शेयर गरेका थिए ।
यस्तै सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिने क्रममा उनले आफु विवाहका तयारीमा रहेको पनि बताएका छन् । उनले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने बताएका छन् ।
त्यस्तै फ्यानहरुले ड्रेसअप परिवर्तन गर्न आग्रह गर्दा उनले भने चलचित्रको पर्दामा मैले ड्रेसअप परिवर्तन गर्नुपर्ने भूमिका आयो भने म गर्छु । तर, अरु समयमा म आफूलाई सहज हुने पहिरन लगाउँछु ।