कोरोना जितेर घर फर्केका अमिताभले शुरु गरे ‘कौन बनेगा करोडपति’ को छायांकन

काठमाडौं – बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने  लोकप्रिय टिभी शो ‘कौन बनेगा करोडपति’ को काम शुरु भएको छ ।

कौन बनेगा करोडपति को सिजन १२ शुरु भएको जानकारी  अमिताभले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आगामी सिजनका लागि छायांकनमा फर्किएको बताएका छन् । 

उनले सेटको तस्बिर शेयर गर्दै नीलो पीपीई लगाएर काममा फर्केको र केबीसी १२ आजबाट सुरु भएको बताएका छन् । सन् २००० देखी केबीसीमा रहेका अमिताभले लामो समयदेखी यस शो चलाउदै आएका छन् । 

कोरोनाभाइरसको उपचारपछि केही समयअघि निको भई घर फर्किएका अमिताभले टिभी शो ‘कौन बनेगा करोडपति’ सञ्चालन गर्ने तयारी रहेको जानकारी पाए लगत्तै धेरै दर्शक खुशी भएका छन् । 

am.PNG

प्रतिक्रिया

TOP