एजेसी – बलिउडका चर्चित जोडी हुन् अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चन । कुनै समय हिट फिल्महरु दिएर चर्चामा आएका यी दुई बहिले पनि बिभिन्न कारणले चर्चामा आइरहने गर्छन् ।
विवाहपछि फिल्म क्षेत्रबाट टाढा रहेकी ऐश्वर्या अहिले घरमै व्यस्त भइरहेकी छिन् । अभिनेता अभिषेक भने केही फिल्ममा देखिन थालेका छन् । अभिषेक र ऐश्वर्या सँगै रहेको फिल्म कम नै छन् । उनीहरु पहिलोपटक फिल्म ढाई अक्षय प्रेम के’ मा देखा परेका थिए । यसै फिल्मबाट एकअर्कामा चिनिएका यी दुई पछि प्रेमसम्बन्धमा परेर विवाह पनि गरे ।
एक अन्तवार्तामा भने अभिषेकले ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्ने इच्छा रहेको बताएका छन् । उनले आफुलाई मन पर्ने खालको फिल्ममा ऐश्वर्यासँग अनस्क्रिन अभिनय गर्ने इच्छा रहेको बताए ।
अन्तवार्तामा उनले आफुहरु कहिल्यै पनि फिल्ममा देखिनका लागि मात्र फिल्म साइन नगरेको बताए । उनले भने ‘फिल्ममा त्यस्तो होस्, जो रचनात्मक तरिकाले हरेक कलाकारको आवश्यकतालाई पूरा गर्न सकोस्, प्रोजेक्टको विषयमा निर्भर हुन्छ,’