
नेपालगन्ज : विगत लामो समयदेखि नेपाली गीत संगीतहरु उत्पादन एवम् वितरण गर्दै आएको म्युजिक कम्पनी “तिर्सना म्युजिक प्रालि”लेे नयाँ गीत रिलिज गरेको छ।
शनिबार रिलिज गरेको “लर्कौली” बोलको गीतमा लोकप्रिय गायक खुमन अधिकारीको सुमधुर आवाज रहेको छ। खुमनका अलवा गीतमा गायिका सरिता कार्कीको पनि आवाज रहेको छ। गीतमा लोकप्रिय सर्जक एवम् तिर्सना म्युजिकका संचालक बाबुराम बोहराले शब्द कोरेका छन् । भने, खुमन अधिकारीले संगीत भरेका छन् ।
बाबुरामले गीतमा एक प्रेमिल जोडिको प्रेमलाई उत्कृष्ट तरिकाले उठान गरेका छन् । गीतको एरेन्जदेखि भिडियो निर्माणसम्म तिर्सना म्युजिकले कुनै कमि गरेको छैन । गीत आफैमा अब्बल छ।
गीतको अडियोसंगै भिडियो पनि त्यतिकै दमदार अनि आकर्षक बनेको छ। भिडियोमा लोकप्रिय मोडल रन्जिता गुरुङ र महेन्द्र गौतम फिचर्ड छन् ।भिडियोलाई प्रकाश भट्टले निर्देशन एवम् कोरियोग्राफी गरेका छन् ।
सिनेम्याटोग्राफर दुर्गा पौडेलले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् । भिडियोको लोकेशन एकदम आकर्षक छ। भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।
भिडियो तिर्सना म्युजिकको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस भिडियो…