
कोरोनाको कारण देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण यो बर्षको हरितालिका तिज पर्व खासै उत्साहजनक देखिएन। अधिकाश क्षेत्र ठप्प रहेका छन् भने धेरै ठाउमा आवतजावत पनि बन्द गरिएको छ । टाढाको यात्रा गर्न नसके पनि नजिकका आफन्तजान र साथीभाई जम्मा भए तीज मनाउने क्रम भने रोकिएको छैन।
सेलिब्रेटीपनि आफुले मनाएको तीजका तस्विर सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । अभिनेत्री आंचल शर्मा, ऋचा शर्मा , विवाह पछीको आफ्नो पहिलो तीज मनाइरहेका छन् । अभिनेत्री प्रियंका कार्की पनि अभिनेता आयुष्मान देशराज जोशीसंग विवाह पछिको पहिलो तीज मनाईरहेकी छिन् ।
अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, बर्षा राउत , स्वेता खड्का, अनु शाह , केकी अधिकारी लगायतले पनि सामाजिक संजालबाट नै तीजको शुभकामना दिएका छन् ।








