ज्ञानु संगम खड्का/नेपालगन्ज : नेपाली चेलीहरुको महान पर्व हरितालिका तीज हो आज। अघिल्ला वर्षहरुमा झै यसपालिको तीजमा चाहिँ त्यति तामझाम छैन। अझ भनौ यसपालिको तीज शून्य नै छ। यसको एकमात्र कारण हो, त्यही कोभिड-१९ अर्थात कोरोना भाइरस।
कोरोना भाइरस अनि लकडाउनका कारण धेरै चेलीहरुले उत्साहजनक तरिकाले यसपालिको तीज मनाएका छैनन् । यसपाली चाहिँ, घरमै बसेर, घरको कोठामै नाँचेर अनि रातो साडी लगाएर फोटो सेसन गरेर दिदीबहिनीहरुले तीज मनाइ रहेको दृश्य सामाजिक संजालमा आज देख्न सकिन्छ।
यसैबीच, नेपाली चलचित्रकि लोकप्रिय नायिका स्वेता खड्का पनि तीजको अवसरमा रातो साडिमा चिटिक्क सजिएकी छिन् । हसिलो मुहारसहित रातो साडिमा सजिएका तस्वीरहरु स्वेताले सामाजिक संजाल इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।
उनले २ दिन अघि इन्स्टामा रातो साडिमा सजिएका करिव ८/१० वटा तस्वीर अपलोड गरेकी थिइन् । उनले तीजको अवसर पारेर अपलोड गरेका तस्वीरहरुमा उनका हजारौं फ्यानहरुले लाइक अनि सकारात्मक कमेन्ट गरेका छन् ।
प्राय गम्भीर स्वभावकि स्वेता, यसपालि रातो साडिमा भने हसिलो मुद्रामा खुलेकी छिन् । वास्तवमा रातो साडिमा स्वेता आकर्षक अनि सुन्दरी देखिएकी छिन् ।
हेर्नुहोस फिल्मी पत्रले स्वेताको इन्ट्राग्राम आइडिबाट लिएका केही तस्वीरहरु :