रेखा थापा यतिखेर ज्यान मेन्टेनमा लागेकी छिन् । विगत चार बर्ष यता उनको ज्यान अली मोटाएको जस्तो देखिन थालेको थियो । तर, अहिले कठोर मेहनत गरेर उनले आफ्नो लगभग २० किलो जती तौल घटाएकी छिन् । ७० केजी पुगेकी रेखा ५० केजिकी भएकी छिन् ।
अहिलेका चल्तिका नायिकाहरुको पनि जिरो फिगर देख्न धौ धौ पर्छ । त,र अघिल्लो पुस्ता देखी यो पुस्ता सम्म पनि चलचित्र क्षेत्रमा टिकेर बसेकी अभिनेत्री रेखा थापाले भने लगभग जिरो फिगर बनाएकी छिन् ।
रेखाले आफ्नो अपकमिङ फिल्मका लागि मात्र ज्यान स्लिम बनाएकी भने होइनन् । रेखा भन्छिन् -‘फिल्मका लागि मात्र ज्यान बनाउने होइन । मैले मेरो स्वास्थ्यको लागि पनि एक्सर्साइज गरेको हो । आफु फिट एन्ड फाइन रहन सम्पूर्ण मनिसले आफ्नो ज्यान चलायमान बनाउनु पर्छ ।’
लकडाउन भरी पनि रेखाले एक्सर्साइज गरिन् । रेखाले एक्सर्साइज गरेका तस्बिर र भिडियोहरु सामाजिक संजालमा अहिले पनि भाईरल नै बनिरहेका छन् । लकडाउन भएदेखी रेखाले ट्रेनर हायर गरेर आफ्नै अपार्टमेन्टमा जिम र एक्सर्साइज गर्छिन् ।
उनलाई मोडल समेत् रहेका विज्जु पार्किले ट्रेन गरिरहेका छन् । विज्जु नेपाली म्युजिक भिडियोमा जम्दै गरेका मोडल पनि हुन् । मनोरन्जन क्षेत्रकै अन्य कलाकारलाई पनि विज्जुले ट्रेन गरिरहेका छन् ।