नेपालगन्ज : गतवर्ष झैँ यस् वर्षपनि हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै धेरै गीतहरु बजारमा सार्वजनिक भए। अघिल्लो वर्षको तुलनामा यस् वर्ष मौलिक गीत कमै आए बजारमा।
यसैबीच, यस् वर्ष बजारमा आएका मौलिक गीत मध्येको गीत हो ‘खरी झर्यो कि’, जुन गीतलाई यतिबेला दर्शक स्रोताले एकदमै रुचाएका छन् । जय देवकोटा र प्रीति आलेको उक्त गीतमा सुमधुर आवाज रहेको छ। प्रकाश न्यौपानेको शब्द र जय देवकोटाकै लय रहेको उक्त गीतलाई पछिल्लो समय युटुब लगायत टिकटकमा पनि अत्याधिक रुचाइएको छ।
“बजेन किन तिजकै मादल,
खरी झर्यो कि मैले बजाउँदा”
यो माथीको उक्त गीतको लाइनलाई बढी मन पराइएको छ र टिकटकमा पनि त्यसै लाइनमा यो समाचार तयार पार्दासम्म ५० हजार बढी टिकटक भिडियो बनिसकेका छन् । बच्चा, युवा युवतीदेखि बुढापाका सम्मकाले पनि उक्त गीतमा नाचेर रमाइलो गरेका भिडियोहरु टिकटकमा देख्न सकिन्छ। त्यस्तै, टिकटकममै मिलियन बढी भ्युज उक्त गीतको रहेको छ।
यसरी आफुले गाएको गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाइदिँदा गायक जय मख्ख छन् । विगत एकदशक अघिदेखि नेपाली लोकदोहोरी क्षेत्रमा अनवरत क्रियाशिल जयले यस् भन्दा अघि पनि सयौं गीतहरुमा आवाज दिनुका साथै सृजाअ गरिसकेका छन् ।
युटुबमा पनि उक्त गीतको भिडियोलाई ९ लाख बढी भ्युज मिलेको छ, एकदम राम्रो प्रतिक्रिया मिलेको छ। भिडियोमा प्रीति आले , राम लामा लगायतको आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोका निर्देशक राम लामा हुन् । गणेश सापकोटाले खिचेको भिडियोलाई सुवास अमगाईंले सम्पादन गरेका हुन् ।
भिडियो प्रीति आलेको अफिसियल युटुबबाट सार्वजनिक भएको हो। हेर्नुस् भिडियो..