नेपालगन्ज : लकडाउनको एक महिना जती नेपाली चलचित्र क्षेत्र एक किसिमले ठप्प नै भयो। तर लकडाउन भएको एक महिनापछि भने चलचित्र क्षेत्र विभिन्न विवादले चलायमान झै भयो। केही चलचित्रकर्मीहरु कुनै न कुनै तवरबाट एकदम विवादमा तानिए।
त्यस्तै, लकडाउनमै धेरै विवादमा तानिएकी नायिका हुन् पूजा शर्मा। एक अन्तर्वार्तामा जिल्ला र प्रदेशको संख्या नजान्दा ट्रोलको सिकार बनेकी उनी केही हप्ता अघि पुनः विवादमा मुछिएकी छिन् ।
केही दिन अघि एपिवान टेलिभिजनमा प्रसारीत कार्यक्रम ‘रजतपट’मा पत्रकार प्रकाश सुवेदिले बोलेको एउटा अभिव्यक्ति प्रति निकै आलोचना भयो । ‘मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने त्यो पनि दारा निस्किएको अनुहारलाई’ भन्ने सुवेदिको अभिव्यक्ति आफुलाई लक्षित गरेर भनेको भन्दै नायिका पूजा शर्माले चलचित्र संग सम्बन्धित संघसंस्थामा मुद्धा हालिन् ।
यस्तैमा, चलचित्रसँग सम्बन्धित सबै संघसंस्था एकताबद्ध हुँदै उक्त कार्यक्रममा सहभागि नहुन आग्रह गरेका छन् । दुबै पक्षबीच सहमति नभएसम्म अथवा कानुनमार्फत समास्या नसुल्झिएसम्म कलाकारलाई कार्यक्रम रजतपट र ग्ल्यामर गफमा सहभागी नहुन आग्रह गरेका हुन् ।
चलचित्र कलाकार संघ, निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघ, चलचित्र द्वन्द्व समाज, चलचित्र नृत्य संघले सामुहिक रुपमा रजतट र ग्ल्यामर गफको विरोधमा हस्ताक्षर गरेपछी भने संघ-सस्थाकै विरोध हुन थालेको छ । यो निर्णयमा संघ-संस्थाकै पदाधिकारीहरु समेत सन्तुष्ट छैनन् ।
संस्थाको निर्णयप्रति विभिन्न चलचित्रकर्मीहरु समेत विरोधमा उत्रिरहेको समयमा पूजाको ब्याक सपोर्ट अनि संघ संस्थाको यस्तो निर्णयमा भने अभिनेता दिपकराज गिरी, कलाकार तथा निर्देशक अशोक शर्मा र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लागि परेको हल्ला बाहिरिएको छ। पूजालाई पछाडिबाट हौसाउने काममा उनीहरू संलग्न रहेको भन्ने हल्ला बाहिरिएको कुरा चलचित्र पत्रकार सुजन श्रेष्ठले रजतपट अनलाइनमा लेखेका छन।
सो कुरा पत्रकार श्रेष्ठलाई चलचित्र नगरिकै एक चलचित्रकर्मीले जानकारी दिएको बताइएको छ। यद्यपि, पत्रकार श्रेष्ठले ती जानकारी दिने व्यक्तिको नाम भने गोप्पे राखेका छन् ।
यसरी, प्रतिष्ठित कलाकारहरू नै दुई पक्षबीचको विवाद मिलाउन छोडेर विवाद लम्ब्याउने कार्यमा अग्रसर हुनु भनेको चलचित्र उद्योगको लागि पक्कै राम्रो होइन ।