
नेपाली फिल्म क्षेत्रमा आज भोली विवाद देखा परेको देखिन्छ । नायिका हरु एक एका आफ्नो पिडा हरु सामाजिक संजाल मार्फत सार्बजनिक गरि रहेको देखिन्छ । त्यस्तै नायिका पुजा शर्मा ले पनि आफ्नो गुनासो पोखेकी छन् । उनि लेख्छिन :
कतिचूप रहने ?कति सहने? Prime tv मा अन्तर्वार्तामा बोलाइयो गएँ सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो । Interview चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजी लाइ मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएन । त्यो चिज प्रसारण भयो viral भयो मेरो थुप्रै troll हरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे ।
पछि जब प्रकाशजी Ap1 जानु भो मलाइ पुन: interview मा आउ पुजा भनेर भन्नु भो, म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ? म त्रसित पनि थिए ,तसैले मैले सरी दाइ म आउन सक्दिन भने , तर त्यसपछि उहॉले आफ्नो कार्यक्रम मा मलाइ लक्षित गरेर “ दारा निस्केको, महानायिका” भनेर शारिरिक हाउभाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर छोड्नु भएन , के एक पत्रकारले यस्तो अशिष्ट ,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?