उज्यालो अभियान मिडियाको प्रस्तुतीमा मौलिक तीज गीत “साह्रै पिर पर्दो रहेछ” (भिडियो)

नेपालगन्ज : विगत लामो समयदेखि नेपालगन्जमा गीत संगीत बजार व्यवस्थापन गर्दै आएको कम्पनी हो उज्यालो अभियान मिडिया प्रालि । उही कम्पनी तीजको लक्षित गर्दै एउटा मौलिक तीज गीत बजारमा सार्वजनिक गरेको छ।

सार्वजनिक “साह्रै पिर पर्दो रहेछ” बोलको गीतमा तारा कुमारी खत्री रोकायको सुमधुर आवाज रहेको छ। नारीको वेदना समेटिएको उक्त गीतमा तारा कुमारीकै शब्द अनि संगीत रहेको छ। तीजमा माइत जान नपाउँदा एउटा चेलीलाई पर्ने पिर गीतमा उतारिएको छ।

गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियो नेपालगन्जमै छायांकन गरिएको हो। भिडियोलाई विपिन खड्काले निर्देशन गरेका हुन् । गायिका तारा कुमारी लगायतका कलाकारहरुलाई भिडियोमा देख्न सकिन्छ।

त्यस्तै, निर्मल कुमार बुढाले खिचेको भिडियोलाई विपिनले नै सम्पादन एवम् रंग संयोजन गरेका हुन् । भिडियो उज्यालो एचडि टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..

https://youtu.be/y6lnrn9zPp0

प्रतिक्रिया

TOP