
नेपालगन्ज : गोजबम इभेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस युथ चितवन २०२०” आयोजना हुनेभएको छ।
अबको केही हप्तामै सुरु हुने उक्त प्रतियोगिताको लागि रजिस्ट्रेसन फाराम सुरुभएको आयोजकले जनाएको छ। आयोजकका अनुसार चितवनमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याई प्रस्फुटन गराउने प्रमुख उद्देश उक्त प्रतियोगिताको आयोजना गरिँदै छ।
सहभागी मध्ये प्रतियोगितामा छनोट हुने टप १० जनालाई आकर्षक पुरस्कारसंगै विभिन्न कोर्सहरुको निशुल्क व्यवस्था गरिने पनि आयोजकले जनाएको छ।