नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् आर्यन सिग्देल । पछिल्लो समय फुर्सदिला बनेका आर्यन अब निर्देशक विशाल सापकोटाको नयाँ चलचित्रमा देखिने भएका छन् । चलचित्र ‘सेल्फी किङ’को निर्देशन गरेपछि चर्चामा आएका बिशाल सापकोटाले अब नयाँ चलचित्र ल्याउने तयारीमा छन् ।
हालै अभिनेता आर्यन सिग्देल र विशाल सापकोटाबीच नयाँ प्रोजेक्टमा टिमअप भएको हो । उनीहरुले सहकार्य गर्न लागेको नयाँ चलचित्रको स्क्रिप्ट निर्देशक सापकोटाले लेखिरहेको बताइएको छ ।
निर्देशक सापकोटाले आफुले आर्यनसँगको तस्बिर सामाजिक सञ्जालमा राखेपछि ‘अर्जुन रेड्डी’ को तयारीका लागि लागेको हो भनी धेरैले सोधेको बताउदै उक्त चलचित्रको लागि नभई अर्को प्रोजेक्टको लागि आर्यनसँग टिमअप भएको बताएका छन् । यसै प्रोजेक्टको लागि आर्यन र विशाल अहिले पोखरामा छन् ।
प्रतिक्रिया