
कोभिड १९ का कारण सबै क्षेत्र सुस्ताएका छन् । त्यसमा चलचित्र क्षेत्र नपर्ने त कुरै भएन । बनेर प्रदर्सन हुन लागेका चलचित्र पनि थन्किएर बस्नु पर्दा निर्माताको करोडौ लगानी फ्रीज भएको छ । अब नयाँ चलचित्र बनाउने हिम्मत निकै कम निर्माताले मात्र गर्छन् भन्दा फरक नपर्ला । फिल्म हल खोल्ने कि नखोल्ने भन्ने दुविधा भैरहदा चलचित्र हेर्न दर्शक जालान कि नजालान भन्ने प्रश्न पनि उब्जिएको छ । यसै पनि नेपाली चलचित्र हेर्न दर्शकहरु हलसम्म पुग्न छाडेका छन् । झन् यो महामारीमा को जाने र हल ! यता हलको विकल्प पनि खोज्न थालिएको छ ।
कोभिड १९ को महामारीले थलिएको निर्माताले अब कसरी फिल्म बनाउने ? कलाकारको पारीश्रमिक 25/30 लाख देखि 50 लाख सम्म पुगिसकेको छ । अनमोल केसि, पल शाह, प्रदीप खड्का, स्वस्तिमा खड्का, पुष्प खड्का, दयाहाङ राई, विपिन कार्की, पुजा शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह जस्ता परिचित अनुहारले निकै महँगो पारीश्रमिक लिने गरेका छन् । निर्माताहरु भने अब कलाकारले पारीश्रमिक घटाउनु पर्छ भनिरहेका छन् ।
फिल्म क्षेत्रलाई चलायमान बनाउन नायक पल शाह र नायिक स्वस्तिमा खड्काले भने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पलले त म्युजिक भिडियोमा पनि २५ % डिस्काउन्ट दिएर काम गरिरहेका छन् । स्वस्तिमा भने फिल्ममा मात्र पारीश्रमिक घटाउन तयार छिन् । यस्तै, नायक दयाहाङ राई पनि आफ्नो पारीश्रमिक घटाउन तयार भएका छन् । तर, घटाउलान त कलाकारले पारीश्रमिक ? भन्ने प्रश्न भने ज्युकोत्यु छ । फिल्म निर्माण सुरु भएपछि भने पक्कै यो प्रश्नक्क जवाफ मिल्नेछ ।
यता, नम्रता श्रेष्ठ, विपिन कार्की र निस्चल बस्नेतले भने फिल्म ‘प्रसाद २’का लागि २५/२५ लाख पारीश्रमिक मागेको चर्चा छ । कलाकारले पारीश्रमिक घटाउलान कि भन्ने निर्माताको आस बरफ झै पग्लिएको छ । कोभिड १९ साम्य भएपछी छायांकन हुने भनिएको फिल्मको हाल स्क्रीप्ट लेखन हुदैछ ।