नेपालगन्ज : पछिल्लो समय तीज गीतहरू बजारमा सार्वजनिक भइरहेको समयमा गीतकार डिपी खनालको शब्दमा फरक शैलीको मेलोडियस गीत रिलिज भएको छ।
सार्वजनिक “शखर चिनी” बोलको गीतमा मेलिना राई र पदम राइको सुमधुर आवाज रहेको छ। गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ। डिपीले सबैको मुखमा सजिलै झुन्डिने खालका प्रेममा आधारित प्रेमिल शब्दलाई गज्जब तरिकाले गीतमा उतारेका छन् ।
डिपीले चोखो मायालाई शखर चिनीसंग तुलना गरेका छन् । चोखो मनले गरिने मायाको आभास चिनी अनि शखर भन्दापनि गुलियो हुने भाव गीतमा पाइन्छ। गीतको मेलोडियस अडियोले सुन्ने जोकोहीको मन केन्द्रित गर्ने गर्दछ।
गीतको भाव अनुसार भिडियो पनि त्यतिकै मात्रामा आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा चर्चित नेपाली डान्स ग्रुप कार्टुनक्रुका आश्मा बिश्वकर्मा र सरोज अधिकारीको डान्ससंगै गज्जबको केमिस्ट्री देख्न सकिन्छ।
भिडियो हेर्दा कुनै चलचित्रको म्युजिक भन्दा कम लाग्दैन। भिडियोलाई गम्भीर विष्टले फिल्मी शैलीमा निर्देशन गरेका छन् । त्यस्तै, भिडियोलाई नवराज उप्रेतीले आकर्षक फ्रेममा खिचेका छन् भने नवीन निरौलाले सम्पादन गरेका छन् ।
भिडियो “केन्द्र मोसन पिक्चर्स”को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…