नेपालगन्ज : नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर धेरै तीज गीतहरु बजारमा सार्वजनिक भएका छन् त कति गीत सार्वजनिक हुने क्रममा पनि छन् ।
यसैबीच, लोक दोहोरी गायक प्रेम सापकोटा सोनुले पनि एउटा मौलिक तीज गीत केही दिन अगाडि सार्वजनिक गरे। जुन गीतलाई अहिले पछिल्लो समय टिकटकमा एकदम रुचाइएको छ। “बाहिर कुरा नगरे सैंले”बोलको गीतको एक टुक्कालाई टिकटकमा अत्याधिक रुचाइएको छ।
“लागि हाल्छ डिपेन्डेन्ट भिषा
जाउली जापान घुमौली चारदिशा”
माथी उल्लेखित गीतको टुक्का हो। जुन टुक्का टिकटकमा निकै हिट छ। हाल यो समाचार तयार पार्दासम्म १० हजार बढी सो टुक्कामा टिकट्क भिडियो बनेका छन् । प्रेम सापकोटा सोनुको शब्द तथा संगीत रहेको गीतमा प्रेम सापकोटा सोनु र शान्ता जिसीको सुमधुर आवाज रहेको छ।
गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा अञ्जली अधिकारी र चक्र बमको धमाकेदार डान्स देख्न सकिन्छ। भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । भने, सुरेश श्रेष्ठले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
भिडियो प्रेम सापकोटा सोनुको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…