
काठमाडौं : शब्दहरुसँग खेल्न औधी रुचाउने युवा सर्जक हुन् स्वरुप क्षेत्री । उनी मनका भाव होस् या गीत लेख्न सिपालु छन्। उसो त उनी बोल्न पनि उत्तिकै सिपालु छन्। उनले भ्वाइसओभर गरेका धेरै भिडियोहरु टिकटकमा धेरै रुचाइएका पनि छन्।
अहिले भने उनी नयाँ गीत मार्फत स्रोता/दर्शकमाझ आएका छन्। केही दिन अघि ‘म को हुँ र आमा तिनी बिना’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट स्वरुपले केही दिन अघि रिलिज गरेका थिए। गीतमा किरण भुजेलको सुमधुर आवाज रहेको छ।
गीतमा स्वरुपकै शब्द अनि संगीत रहेको छ। आमाको महिमाको बारेमा उनले गीतमा उतारेका छन्। विशेषगरी उनले यो गीत आफ्नी आमालाई समर्पित गरेका हुन्। निकै मर्मस्पर्शी शब्दहरू छन् गीतमा।
गीतको भिडियो भने सामान्य बनाइएको छ। स्टुडियो भर्सनमा तयार पारिएको भिडियोमा गायक भुजेल फिचर्ड छन्।