ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो समय कोरोना भाइरस अनि त्यसपछि भएको लकडाउनका कारण नेपाली चलचित्र क्षेत्र ठप्प छ। केही दिन अघि लकडाउन खुलेपनि चलचित्र हल, विद्यालय , डान्सबारलाई भने सरकारले अझै खोल्न अनुमति दिएको छैन ।
ठप्प रहेको चलचित्र क्षेत्रलाई केही मात्रामा चलायमान बनाउन केही कलाकारहरुले विभिन्न सर्ट मुभी निर्माण गरिरहेका छन् । यसैबीच, नेपालगन्जका सकृय पत्रकार रामु ओलीको कथा रहेको सर्ट मुभी “एटिएम” रिलिज भएको छ।
सर्टमुभीमा कपिल मगर, ह्यारी मगर, अलिसा तामाङ, भरत लामा, धुन्दिराज कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ। एउटा मध्यम वर्गको केटा र धनी वर्गकी केटि बीचको प्रेम सम्बन्धलाई सर्टमुभीमा निर्देशक भरत लामाले उत्कृष्ट ढंहले स्क्रिन प्ले गराएका छन् । पैसाको कारण मध्यम वर्गको केटाले प्रेमिका गुमाउनुको पीडा मुभीमा देखाइएको छ।
गोज्बम फिल्म्सको ब्यानरमा निर्मित उक्त सर्ट मुभीका निर्देशक भरत लामा हुन् । उनले यस सर्टमुभीमा निर्देशकिय पाटोमा निकै मिहेनत गरेको देखिन्छ। सर्टमुभीलाई भरत लामाले नै खिचेका अनि सम्पादन गरेका हुन् ।
सर्टमुभी निर्देशक भरत लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् …