
काठमाडौं : अभिनेता प्रकाश सपुतको डेव्यू निर्देशन रहेको फिल्म ‘वसन्त’को छायांकन सकिएको छ। निर्माण टिमले ३८ औं दिनमा फिल्मको पूरा छायांकन सक्काएको हो।
फिल्मका प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको छ। गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म आगामी चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने छ।

फिल्मका प्रकाश र स्वस्तिमाका अलावा प्रभात पाल ठकुरी, खड्क बहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको पनि प्रमुख भुमिका रहेको छ। गायन र अभिनयमा उम्दा मानिने प्रकाशका यस् अघि ‘परदेशी २’, र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भइसकेका छन्। ‘वसन्त’लाई पनि निकै आश गरिएको छ।
फिल्ममा प्रकाशकै कथा रहेको छ। जात व्यवस्था विरुद्धको कथा फिल्मले बोल्नेछ।