ज्ञानु संगम खड्का/नेपालगन्ज : पछिल्लो आफुभित्र रहेको प्रतिभा सबैको सामु छिटो र सजिलै देखाउन सकिने गतिलो माध्यम बनेको चिज हो टिकटक।
प्राय धेरैजसोले पछिल्लो समय टिकटक प्रयोग गर्ने गरेको पाइएको छ। टिकटकमा कतिपयले राम्रो भिडियो हालेका हुन्छन् त कतिपयले नराम्रो पनि।यसैबीच, पछिल्लो केही हप्ता एउटा गीत अनि त्यस गीतको भिडियोमा समाबेश डान्स स्टेप टिकटकमा अत्याधिक रुचाइएको छ। त्यो डान्स स्टेप हो मोडल रुबिना अधिकारी र अञ्जली अधिकारीको। “सोचेझै जिन्दगी रैनछ” बोलको तीज गीतको भिडियोमा रुबिना, अन्जलीका अलवा लोमश शर्मा र ओबी रायमाझीले गरेको स्टेपलाई धेरैले रुचाउनुका साथै फ्लो पनि गरेका छन् ।
गीतले “सोचेझैं जिन्दगी रैनछ” भन्दै गर्दा टाउकोमा हात राखेर हल्लाउने उनीहरूको त्यो डान्स स्टेपमा यो समाचार तयार पार्दासम्म करिव १ लाख बढी टिकटक प्रयोगकर्ताले भिडियो बनाएका छन् । भ्युज पनि मिलियन बढी गएको छ टिकटकमा। टिकटकमा मात्र नभएर उनीहरूको त्यो डान्स स्टेपलाई लिएर युटुबमा पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
युटुबमा पनि उक्त गीतको भिडियो मिलियन बढी हेरिएको छ। सामाजिक सन्जाल फेसुबुकमा पनि उनीहरूको डान्स स्टेपलाई तारिफ गर्दै सेयर गरिएको छ। यसरी आफुले डान्स गरेको स्टेपलाई अत्याधिक रुचाइपछि रुबिना यतिबेला मख्ख छिन् । आफ्नो डान्स स्टेपलाई लिएर टिकटक, युटुब लगायत फेसबुक जस्ता सामाजिक सन्जालमा चौतर्फी तारिफ पाएको क्षण रुबिनाको पहिलोपटक हो। सबैजनाले रुचाइदिँदा आगामी दिनमा झन राम्रोसंग मिहिनेत गर्दै अगाडि बढ्ने रुबिना बताउँछिन् ।
यस तीजमा मात्रै रुबिनाले ७/८ वटा तीज गीतमा डान्स गरेकी छिन् । तर दर्शकले अत्याधिक रुचाएको गीत भने यही “सोचे झैँ जिन्दगी रैनछ” हो। पछिल्लो समय आफुले डान्समा निकै मिहिनेत गरेका कारण म्युजिक भिडियोमा आउटपुट राम्रो आएको हुनसक्ने रुबिना बताउँछिन् ।
त्यस्तै, यसै गीतमा डान्स गर्ने लोमश र ओबीको पनि यसरी सबैजनाले रुचाइदिएको डान्स स्टेप पहिलो हो। तर अञ्जलीको भने यस भन्दा अगाडि थुप्रै गीतका स्टेप लगायत डान्स दर्शकले अत्याधिक रुचाएका छन् ।
गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको सुमधुर आवाज रहेको छ। गीतमा नेत्र अर्यालले शब्द लेखेका हुन् भने संगीत खेम सेन्चुरीले नै गरेका हुन् । गीतको भिडियो खेम सेन्चुरीको अफिसियल युटुब च्यालनबाट सार्वजनिक गरिएको हो।
भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशक गरेका हुन् । त्यस्तै, नबराज उप्रेतीले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो…